Home Bibles यहोशू 18:5 · नेपाली बाइबल
यहोशू 18:5 · नेपाली बाइबल

तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्।

Cross references

यहोशू 15:1

त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।

यहोशू 15:12

भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।

यहोशू 16:1

यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।

यहोशू 16:4

यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।

यहोशू 19:1

तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।

Interlinear

Choose Theme