Home Bibles ☰ Books यहोशू 17:16 · नेपाली बाइबल
यहोशू 17:16 · नेपाली बाइबल

यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”

Cross references

यहोशू 15:56

यिज्रेल, योक्दाम, जानोह,

यहोशू 17:11

मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।

यहोशू 17:18

तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”शेष भूमिको विभाजन

यहोशू 19:18

त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,

न्यायकर्ता 1:19

यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए।

न्यायकर्ता 4:3

सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

न्यायकर्ता 4:13

यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।

न्यायकर्ता 6:33

मिद्यानी, अमालेकी अनि अन्य मानिसहरू इस्राएलका मानिसहरूको विरूद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे।

1 शमूएल 29:1

पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले।

1 राजा 4:12

अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

1 राजा 18:45

केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।

1 राजा 18:46

परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।

1 राजा 21:1

राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो।

1 राजा 21:23

अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।

2 राजा 9:10

यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।”‘तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।

2 राजा 9:37

ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”‘

होशे 1:4

परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किन? किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु।

Interlinear

Choose Theme