Home Bibles ☰ Books यहोशू 13:4 · नेपाली बाइबल
यहोशू 13:4 · नेपाली बाइबल

जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ।

Cross references

यहोशू 10:40

यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।

यहोशू 11:3

याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्पा नजिकको हेर्मोन पर्वत मुनि बस्ने हिव्वी मानिसहरूलाई पनि संन्देश पठाए।

यहोशू 12:7

यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो।

यहोशू 12:18

अपेकका राजा1लश्शारोनका राजा1

यहोशू 19:30

उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

न्यायकर्ता 1:34

एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।

1 शमूएल 4:1

इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे।त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले।

आमोस 2:10

“मैले तिमीहरुलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरूभूमिका उजाड स्थानहरुमा चालीस र्बष सम्म डोर्याएँ। मैले तिमीहरुलाई एमोरीहरुको भूमिदिएँ।

Interlinear

Choose Theme