एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।
Cross references
तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।