Home Bibles यहोशू 13:5 · नेपाली बाइबल
यहोशू 13:5 · नेपाली बाइबल

अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।

Cross references

गन्ती 34:8

होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।

व्यवस्था 1:7

अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।

व्यवस्था 3:25

मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’

यहोशू 11:17

सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए।

यहोशू 12:7

यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो।

1 राजा 5:18

तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।

भजनसंग्रह 83:7

मोआब अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह। ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।

यशैया 10:9

कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्त हो। सामरिया शहर दमीशक शहर जस्तो हो।

इजकिएल 27:9

गबालका बूढा-प्रधानहरू अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी टाल-टुल गर्नुको निम्ति जहाजमा थिए। समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।’

आमोस 6:2

कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्?होइन।

Interlinear

Choose Theme