Home Bibles यहोशू 12:4 · नेपाली बाइबल
यहोशू 12:4 · नेपाली बाइबल

तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे।

Cross references

गन्ती 21:33

त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेटन अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।

व्यवस्था 1:4

परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।

व्यवस्था 3:1

“त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए।

व्यवस्था 3:10

यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्‌रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्‌रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”

व्यवस्था 3:11

बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।

यहोशू 13:12

बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए।

Interlinear

Choose Theme