यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।
Cross references
यी सब राजाहरूले आफ्न्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)।
त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरूभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ।
अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।
परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।
त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ।
“पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इस्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोझै, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो।