Home Bibles ☰ Books योएल 2:10 · नेपाली बाइबल
योएल 2:10 · नेपाली बाइबल

तिनीहरुको अगाडी पृथ्वी हल्लिन्छ,आकाश काम्छ। सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ। अनि तारा चम्कन छोड्छ।

Cross references

भजनसंग्रह 18:7

पृथ्वी र्थकियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किन? किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!

भजनसंग्रह 114:7

हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।

यशैया 13:10

आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

यशैया 34:4

आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।

यर्मिया 4:23

मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।

इजकिएल 32:7

म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।

योएल 2:2

त्यो दिन अन्धकार उदासी दिन हुनेछ। त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ। तिमीहरु विशाल र शक्तिशाली मानिसहरु पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ। तिनीहरु जस्ता धेरै संख्यामा मानिसहरु पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन् अनि न त भबिष्यमा यस्तो हुनेछ।

योएल 2:31

सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।

योएल 3:4

“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छतिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।

योएल 3:15

सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।

आमोस 5:8

उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।

नहूम 1:5

परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।

मत्ती 24:29

“ती दिनका संकटहरूपछि तुरन्तै।‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’

मत्ती 27:51

जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफै दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे।

Interlinear

Choose Theme