तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”
Cross references
यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।
मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
तर हे बेतलेहम एप्रात, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै अघि देखि।
तिनीहरूले जवाफ दिए, ‘यहुदीयाको बेतलेहेम शहरमा; अगमवक्तद्वारा यस विषयमा लेखिएको छ
येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्भित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?
के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?’
यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। उ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’
यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”
अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन।
हामी जान्दछौं कि परमेश्वर मोशासंग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”