Home Bibles ☰ Books यूहन्ना 7:35 · नेपाली बाइबल
यूहन्ना 7:35 · नेपाली बाइबल

यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्?के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्?

Cross references

भजनसंग्रह 67:1

हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!

भजनसंग्रह 98:2

उहाँको पवित्र दाहिने पाखुराले उहाँलाई फेरि विजय तुल्यायो।

यशैया 11:10

त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

यशैया 11:12

परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।

यशैया 27:12

त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।

यशैया 49:6

“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

सपन्याह 3:10

मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।

मत्ती 12:21

सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन।”

लूका 2:32

तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”

यूहन्ना 8:22

तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ?”

यूहन्ना 12:20

तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।

प्रेरित 11:18

जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले र्तक गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

प्रेरित 13:46

तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।

Interlinear

Choose Theme