Home Bibles 2 तिमोथी 1:11 · नेपाली बाइबल
2 तिमोथी 1:11 · नेपाली बाइबल

त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो

Cross references

प्रेरित 9:15

तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।

एफिसी 3:7

परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ।

1 तिमोथी 1:7

त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।

1 तिमोथी 2:7

त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झूटो बोलेको छैनँ। म अयहूदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुसरण गर्नु सिकाउँछु।

Interlinear

Choose Theme