Home Bibles हितोपदेश 15:12 · नेपाली बाइबल
हितोपदेश 15:12 · नेपाली बाइबल

मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।

Cross references

2 इतिहास 18:7

तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।” तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”

अय्यूब 21:14

तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”

हितोपदेश 1:22

“अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।

हितोपदेश 9:7

अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

हितोपदेश 13:1

एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।

हितोपदेश 14:6

एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।

हितोपदेश 15:10

जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।

आमोस 5:10

तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।

यूहन्ना 3:18

जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै नयाय भइसको छ ऊ वहिष्कृत हुन्छ। किन? किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।

यूहन्ना 7:7

संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।

2 तिमोथी 4:3

समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्।

Interlinear

Choose Theme