Home Bibles याकूब 1:23 · नेपाली बाइबल
याकूब 1:23 · नेपाली बाइबल

यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुसरण गर्दैन भने उ यस्तो हुन्छ उ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।

Cross references

यर्मिया 44:16

“परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं।

इजकिएल 33:31

यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

मत्ती 7:26

तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।

लूका 6:7

शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्।

लूका 6:47

हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।

याकूब 2:14

मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अहँ!

Interlinear

Choose Theme