त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुरयाएदिए।
Cross references
हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन।
कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।
सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे।
विधिपूर्वक हिसप झारलेमस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पञ्ज लिएर आयो। त्यसले त्यो स्पञ्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पञ्ज उठायो।
तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पञ्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।