Home Bibles ☰ Books मत्ती 27:34 · नेपाली बाइबल
मत्ती 27:34 · नेपाली बाइबल

जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।

Cross references

भजनसंग्रह 69:21

तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।

मत्ती 27:48

एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पञ्ज लिएर आयो। त्यसले त्यो स्पञ्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पञ्ज उठायो।

मर्कूस 15:23

गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन।

यूहन्ना 19:28

त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”

Interlinear

Choose Theme