Home Bibles यूहन्ना 12:6 · नेपाली बाइबल
यूहन्ना 12:6 · नेपाली बाइबल

यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

Cross references

2 राजा 5:20

तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”

2 राजा 12:14

तर पूजाहारीहरूले त्यो रूपियाँ चाँदीका कचौराहरू, धूपदानीहरू, हातधूने भाँडा, तुरही अथवा कुनै सुन अनि चाँदीको भाँडा बनाउनमा उपयोग गरेनन्। त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा उपयोग गरियो अनि ती कर्मीहरूले परमप्रभुको मन्दिर मर्मत गरे।

एज्रा 8:24

त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें।

भजनसंग्रह 14:1

मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

भजनसंग्रह 50:16

परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।

हितोपदेश 29:7

धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

इजकिएल 33:31

यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

मत्ती 21:13

येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।”

यूहन्ना 10:8

जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएनन्।

यूहन्ना 10:13

किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेडाको देखरेख गर्दैन। उसलाई भेडाको चिन्ता हुँदैन। उसलाई भेडासँग कुनै मतलब रंहदैन।

यूहन्ना 13:29

यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।

1 कोरिन्थी 6:10

तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।

2 कोरिन्थी 8:19

हामीले यस्तो दान लिएर हिडदा यी भाइ हामीसित हिंडन मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।

गलाती 2:10

तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

1 थिस्सलोनिकी 5:22

हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।

याकूब 2:2

मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।

याकूब 2:6

तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।

Interlinear

Choose Theme