Home Bibles ☰ Books यूहन्ना 11:1 · नेपाली बाइबल
यूहन्ना 11:1 · नेपाली बाइबल

त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।

Cross references

उत्पत्ति 48:1

केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए।

2 राजा 20:1

त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आवेश्यकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।”‘

मत्ती 21:17

त्यसपछि येशूले त्यो ठाउँलाई छोडनुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।

मर्कूस 11:1

येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो।

लूका 10:38

जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।

लूका 16:20

त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।

यूहन्ना 11:3

मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”

यूहन्ना 11:5

येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।

यूहन्ना 11:11

येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।”

यूहन्ना 12:1

निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।

यूहन्ना 12:9

येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।

यूहन्ना 12:17

जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

प्रेरित 9:37

पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।

Interlinear

Choose Theme