Home Bibles यूहन्ना 12:17 · नेपाली बाइबल
यूहन्ना 12:17 · नेपाली बाइबल

जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

Cross references

भजनसंग्रह 145:6

हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।

यूहन्ना 1:19

यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।

यूहन्ना 1:32

तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो।

यूहन्ना 1:34

मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

यूहन्ना 5:35

यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।

यूहन्ना 8:13

तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफै आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”

यूहन्ना 11:31

यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।

यूहन्ना 11:42

म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”

यूहन्ना 11:45

मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।

यूहन्ना 12:9

येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।

यूहन्ना 15:26

“म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्।

यूहन्ना 19:35

ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।

यूहन्ना 21:24

उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ।

प्रेरित 1:22

यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग आरोहण भएको दिनसम्म हामीसंग रहेको हुनुपर्छ।”

प्रेरित 5:32

हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”

1 यूहन्ना 5:9

हामी मानिसहरुको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो।

प्रकाश 1:2

यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नभयो अनि यो परमश्वरको सन्देश हो।

Interlinear

Choose Theme