Home Bibles यशैया 34:4 · नेपाली बाइबल
यशैया 34:4 · नेपाली बाइबल

आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।

Cross references

भजनसंग्रह 102:25

धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।

यशैया 13:10

आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

यशैया 13:13

मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।”त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभू क्रोधित हुनुहुन्छ।

यशैया 14:12

तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ।

यर्मिया 4:23

मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।

इजकिएल 32:7

म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।

योएल 2:30

पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरु हुनेछन्।

योएल 3:15

सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।

मत्ती 24:29

“ती दिनका संकटहरूपछि तुरन्तै।‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’

मत्ती 24:35

आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;

मर्कूस 13:24

तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।

प्रेरित 2:19

म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।

2 पत्रुस 3:7

अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरु अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरु विनाश गरिनेछन्।

प्रकाश 6:13

आकाशका ताराहरु, तेज हावाले नेभाराको रुखबाट नेभाराहरु झरे जस्तै पृथ्वीमा भरे।

प्रकाश 8:12

चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरुमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अंध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।

प्रकाश 20:11

तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

Interlinear

Choose Theme