परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
Cross references
अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।
आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।
त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।
तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ। तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।
हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।
तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।