Home Bibles 1 राजा 21:27 · नेपाली बाइबल
1 राजा 21:27 · नेपाली बाइबल

जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।

Cross references

उत्पत्ति 37:34

याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो।

प्रस्थान 33:4

मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्।

2 शमूएल 3:31

दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।

2 शमूएल 12:16

दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।

2 राजा 6:30

जब राजाले आइमाईलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वस्त्र लगाएको देखे।

2 राजा 18:37

हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अश्शूरका सेनापतिले भनेका थिए।

2 राजा 19:1

राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।

1 इतिहास 21:16

दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूइँछुने गरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए।

अय्यूब 16:15

म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

यशैया 38:15

के म भन्न सक्छु? के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो। अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ। यस्तो विपत्तिहरू मेरो आत्मामा थिदै थियो यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।

यशैया 58:5

के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?

यर्मिया 36:24

राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।

योएल 1:13

हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

योना 3:6

निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।

Interlinear

Choose Theme