लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
Cross references
मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।
हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।