तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
Cross references
तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।
के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ। अय्यूब दुष्टहरूसित रहन चाहन्छ।
मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो। किन? किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको संन्तानहरूलाई मुक्त पार्नेछन्
तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।
त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने“मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।