के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
Cross references
“कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।
अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ।
तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
“अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।
किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।