Home Bibles उत्पत्ति 50:23 · नेपाली बाइबल
उत्पत्ति 50:23 · नेपाली बाइबल

यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

Cross references

उत्पत्ति 30:3

त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

उत्पत्ति 48:19

तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

उत्पत्ति 49:12

उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन् उसका दाँतहरू दूधलेगर्दा सेता छन्।”

गन्ती 32:33

यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

गन्ती 32:39

मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरु जिते र त्यही बसे।

यहोशू 17:1

तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए।

1 इतिहास 7:14

यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए।

अय्यूब 42:16

यसकारण अय्यूब अझ एक सय चालीस र्बषसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातुनीहरु, खनाति-खनातिनीहरु सबै हेर्न पाए।

भजनसंग्रह 128:6

अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्!

हितोपदेश 17:6

नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।

Interlinear

Choose Theme