ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
Cross references
म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरुलाई बुझ्न सहायता गर्नेछ।
त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
म तिमीहरूलाई साँचो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, “म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”
तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो।
ज्ञान र बुद्धिको सारा भन्डारहरु ख्रीष्टमा गुप्तरूपले राखिएको छ।