यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
Cross references
तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?
केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”
परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असभ्भव थियो।
पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।
तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।
सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।