Home Bibles ☰ Books प्रकाश 22:1 · नेपाली बाइबल
प्रकाश 22:1 · नेपाली बाइबल

तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।

Cross references

भजनसंग्रह 36:8

परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।

भजनसंग्रह 46:4

त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।

यशैया 41:18

म सुक्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु। म झरनाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु मरूभूमिलाई तलाउमा परिर्वतन गर्नेछु। त्यहाँ सुख्खा भूमिहरूमा झरनाका पानी हुनेछ।

यशैया 48:18

यदि तिमीले मेरो कुरा मानेको भए तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।

यशैया 66:12

परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ। तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।

यर्मिया 2:13

“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।

यर्मिया 17:13

हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ, तिनीहरू सब जसले छोडछन्, पछि तिनीहरू लज्जित हुनेछन्। भूमिमा जसले तपाईंलाई छोडनेछन्। तिनीहरूको नाउँ माटोमा लेखिनेछकिनभने तिनीहरूले परमप्रभुलाई जीवित जलश्रोतलाई त्यागे।

इजकिएल 47:1

त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।

जकरिया 14:8

यससमय यरूशलेमबाट लगातार पानीबगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

यूहन्ना 4:10

यशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”

यूहन्ना 4:14

तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”

यूहन्ना 7:38

यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।”

यूहन्ना 13:32

यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”

Interlinear

Choose Theme