Home Bibles ☰ Books अय्यूब 28:1 · नेपाली बाइबल
अय्यूब 28:1 · नेपाली बाइबल

“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।

Cross references

उत्पत्ति 2:11

ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ।

उत्पत्ति 23:15

“हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।”

उत्पत्ति 24:22

ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।

1 राजा 7:48

सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहरू यी हुन्;सुनको वेदी; सुनको टेबल (परमेश्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।)सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए); सुनका फूलहरू, दियोहरू अनि चिम्टाहरू;शुद्ध सुनका कचौराहरू, बाती छिमल्ने कैंचीहरू, स-साना कचौराहरू, थालहरू अनि कोइला बोक्ने धूपौराहरू; मुख्य कक्षका दैलाहरूका लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को दैलाहरूका लागि सुनका कब्जाहरू बनाए।

1 राजा 10:21

सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चांदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।

1 इतिहास 29:2

मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईटे, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।

भजनसंग्रह 12:6

परमप्रभुका वचनहरू तातो आगोमा बिलाएको चाँदी जस्तो सत्य र शुद्ध छन्। तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।

हितोपदेश 17:3

सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।

हितोपदेश 27:21

सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।

यशैया 48:10

“हेर, म तिमीलाई शुद्ध पार्नेछु। मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्। तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।

जकरिया 13:9

त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

मलाकी 3:2

कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सकनेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सकनेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेकोआगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेछन्।

Interlinear

Choose Theme