ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।
Cross references
“हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।”
लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो।
त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।
हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”
अनि तेस्रो दिनमा एस्तर आफै राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।
“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
कुण्डलहरू, चुराहरू, घुम्टोहरू,
तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।
तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ।
स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन।
तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।
यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।