Home Bibles हितोपदेश 27:21 · नेपाली बाइबल
हितोपदेश 27:21 · नेपाली बाइबल

सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।

Cross references

1 शमूएल 18:7

स्त्रीहरूले यसरी गाउँथे,“शाऊलले हजार शत्रुहरू मारेतर दाऊदले दश हजार मारे।”

1 शमूएल 18:15

शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले।

1 शमूएल 18:30

पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।

2 शमूएल 14:25

मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन।

2 शमूएल 15:6

अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए।

अय्यूब 28:1

“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।

भजनसंग्रह 12:6

परमप्रभुका वचनहरू तातो आगोमा बिलाएको चाँदी जस्तो सत्य र शुद्ध छन्। तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।

भजनसंग्रह 66:10

मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।

हितोपदेश 17:3

सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।

जकरिया 13:9

त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

मलाकी 3:3

उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँलेलेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँभेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसंग गर्नेछन्।

1 पत्रुस 1:7

यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

1 पत्रुस 4:12

मेरा मित्रहरु, तिमीहरुले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरुको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।

Interlinear

Choose Theme