Home Bibles अय्यूब 26:8 · नेपाली बाइबल
अय्यूब 26:8 · नेपाली बाइबल

परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ। तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।

Cross references

उत्पत्ति 1:6

तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”

उत्पत्ति 1:7

यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।

अय्यूब 36:29

परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।

अय्यूब 37:11

परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।

अय्यूब 38:9

त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।

अय्यूब 38:37

त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?

भजनसंग्रह 18:10

परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो।

भजनसंग्रह 135:7

परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।

हितोपदेश 8:28

जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।

हितोपदेश 30:4

स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

यशैया 5:6

म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु। कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन। कसैले पनि खेतमा काम गर्ने छैन्। त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्। म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”

यर्मिया 10:13

उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।

Interlinear

Choose Theme