Home Bibles ☰ Books अय्यूब 22:6 · नेपाली बाइबल
अय्यूब 22:6 · नेपाली बाइबल

हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।

Cross references

प्रस्थान 22:26

कुनै मानिसले ऋण लिंदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ

व्यवस्था 24:6

“तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किन? किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।

व्यवस्था 24:10

“जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।

व्यवस्था 24:12

यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।

अय्यूब 24:3

तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।

अय्यूब 24:9

खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।

अय्यूब 29:12

किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।

अय्यूब 31:19

जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन। अथवा पोशाक हीन एक गरीब मानिस,

अय्यूब 31:20

मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ। मैले आफ्नै भेडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।

इजकिएल 18:7

असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।

इजकिएल 18:12

उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।

इजकिएल 18:16

त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ।

आमोस 2:8

तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरुतिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमापिए।

Interlinear

Choose Theme