असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।
Cross references
परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरुले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।
“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।
“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।
कुनै मानिसले ऋण लिंदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ
“विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।
“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।
“जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ।
“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।
यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।
“तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन।
अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं।
हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।
खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,