व्यवस्था 24:10 · नेपाली बाइबल
“जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।
Cross references
प्रस्थान 22:26
कुनै मानिसले ऋण लिंदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ
प्रस्थान 22:27
किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्नु सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।
व्यवस्था 15:8
त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।
अय्यूब 22:6
हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।