Home Bibles ☰ Books अय्यूब 22:10 · नेपाली बाइबल
अय्यूब 22:10 · नेपाली बाइबल

यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।

Cross references

अय्यूब 6:4

सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।

अय्यूब 13:21

मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।

अय्यूब 18:8

उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।

अय्यूब 18:11

आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।

अय्यूब 19:6

तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।

भजनसंग्रह 11:6

उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।

हितोपदेश 1:27

जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

हितोपदेश 3:25

तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

Interlinear

Choose Theme