Home Bibles अय्यूब 18:8 · नेपाली बाइबल
अय्यूब 18:8 · नेपाली बाइबल

उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।

Cross references

एस्तर 3:9

“यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस् कि तिनीहरूलाई नष्ट गरियोस्। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।”

एस्तर 6:13

तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।

एस्तर 7:5

अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

अय्यूब 22:10

यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।

भजनसंग्रह 9:15

ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

भजनसंग्रह 35:8

यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात संकटहरूले पक्रोस्।

हितोपदेश 5:22

एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

हितोपदेश 29:6

पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।

इजकिएल 32:3

परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु। अब म तिमीमाथि आफ्नो जाल फिजाँउछु। त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।

1 तिमोथी 3:7

ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब उ अरूद्वारा आलोचित हुने छैन अनि उ शैतानको जालमा पर्ने छैन।मण्डलीक सहायकहरू

1 तिमोथी 6:9

तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।

2 तिमोथी 2:26

त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

Interlinear

Choose Theme