Home Bibles ☰ Books यशैया 8:21 · नेपाली बाइबल
यशैया 8:21 · नेपाली बाइबल

यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।

Cross references

प्रस्थान 22:28

“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

लेवी 24:11

इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)

व्यवस्था 28:33

“तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्।

व्यवस्था 28:53

“तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

2 राजा 6:33

जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”

2 राजा 25:3

शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।

अय्यूब 1:11

तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

अय्यूब 2:5

यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”

अय्यूब 2:9

अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति इमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”

हितोपदेश 19:3

मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।

यशैया 8:7

तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ।

यशैया 9:20

मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन तर तृप्ति छुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्।

यर्मिया 14:18

यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘

यर्मिया 52:6

चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।

Interlinear

Choose Theme