मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
Cross references
म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।
हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ। अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।
हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।
म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”
ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।
यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।