Home Bibles ☰ Books अय्यूब 12:20 · नेपाली बाइबल
अय्यूब 12:20 · नेपाली बाइबल

परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ। उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।

Cross references

अय्यूब 12:24

परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ। उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।

अय्यूब 17:4

तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो अनि तिनीहरूले बुझ्दैनन्। दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।

अय्यूब 32:9

बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्। बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।

अय्यूब 39:17

किन? किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइन। शथुरमूर्ग लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।

हितोपदेश 10:21

इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खयाँईंले उसलाई मार्छ।

हितोपदेश 12:19

जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।

हितोपदेश 12:22

परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

यशैया 3:1

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।

Interlinear

Choose Theme