राजाहरूले मानिसहरूलाई कैदमा राख्छन तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
Cross references
यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।
परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!
यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।
उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।
तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो