Home Bibles यर्मिया 8:13 · नेपाली बाइबल
यर्मिया 8:13 · नेपाली बाइबल

परमप्रभुले भन्नुभयो, “म तिनीहरूका अन्नबलि लैजानेछु। झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूक्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।

Cross references

लेवी 26:20

तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।

व्यवस्था 28:39

तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ।

भजनसंग्रह 1:3

यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।

यशैया 5:4

मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र? मैले सबै कुरा गरे।मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो किन त्यस्तो भयो?

यशैया 5:10

त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”

यशैया 24:21

त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।

यर्मिया 5:17

तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”

यर्मिया 14:15

यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।

यर्मिया 17:8

त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोडदैन।

इजकिएल 22:19

यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएकाछौ। त्यसकारण म तिमीहरूलाई यरूशलेम भित्र भेला गराउनेछु।

इजकिएल 22:31

यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

इजकिएल 24:3

यो कुरा त्यो घरानालाई भन (इस्राएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“‘भाँडा आगोमाथि राख, भाँडा राख अनि त्यसमा पानी हाल।

होशे 2:8

“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।

योएल 1:7

ती मानीसहरुले मेरो दाख बारीहरु नष्ट पारिदिए। दाखको बारी ओइलायो त्यसपछि मर्यौ। ती मनिसहरुले मेरो राम्रो नेभाराका बोटहरु नष्ट पारिदिए। बोटको बोक्रा समेत उप्काई नभएको नाङ्गो पारेर फालिदिए।

योएल 1:10

खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किन? किनभने अन्नहरु सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो।

हबकूक 3:17

चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरु होस् अथवा नहोस्, गोठहरुमा केही गाईहरु होस् अथवा नहोस्।

हाग्गै 1:11

परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।“

हाग्गै 2:17

मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”

मलाकी 3:11

म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबैदाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

मत्ती 21:19

उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।

लूका 13:6

येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।

याकूब 1:11

सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

Interlinear

Choose Theme