खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किन? किनभने अन्नहरु सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
Cross references
तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।
सारा मानिसहरूलाई त्यो ठाउँ छोडनलाई वाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ।
मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो।
कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
तिनीहरूले मेरो खेत मरूभूमि बनाइदिए। यो सूखा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन।
“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ। मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ। यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्। स्वर छ तर आनन्दको स्वर होइन।
देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।
किनकि त्यो खेतमा उब्जेको अन्नले इस्राएललाई प्रर्याप्त भोजन दिन सक्दैन। इस्राएलका निम्ति दाखरस पनि प्रर्याप्त छैन।
हे मतवालाहरु! जाग अनि रोऊ! तिमीहरु सबै दाखरस पिउनेहरु हौ, जोडसित रोऊ। किनभने तिमीहरुको मिठो दाखरस अब छैन। अब तिमीहरुले मिठो नयाँ दाखरस पाउने छैनौ।
दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरु सुकाइयो। बारिका सबै रुखहरु सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
हामीले बिऊहरु त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरु खाली भयो अनि नष्ट भएर गयो।
परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।“
“हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।