Home Bibles 2 राजा 23:20 · नेपाली बाइबल
2 राजा 23:20 · नेपाली बाइबल

योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।

Cross references

प्रस्थान 22:19

“यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।

प्रस्थान 22:20

“यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।

व्यवस्था 13:5

अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किन? किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।

1 राजा 13:2

परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने,“वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि उपयोगमा आउनेछैनौ!”‘

1 राजा 18:40

तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।

2 राजा 10:25

येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।”यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।

2 राजा 11:18

तब सबै मानिसहरू झूठो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पूजारी मतनलाई पनि वेदीको सामु मारे।यसप्रकार पूजाहारी यहोयादाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेरचाहा गर्न लगाए।

2 इतिहास 34:5

योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे।

यशैया 34:6

किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।

जकरिया 13:2

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

Interlinear

Choose Theme