Home Bibles ☰ Books यर्मिया 49:26 · नेपाली बाइबल
यर्मिया 49:26 · नेपाली बाइबल

यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा। उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ।

Cross references

यर्मिया 9:21

‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’

यर्मिया 11:22

सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

यर्मिया 50:30

त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ र सेनाहरू मर्नेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

यर्मिया 51:3

बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका तन्हेदेहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।

विलाप 2:21

गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।

इजकिएल 27:27

अनि तिम्रो सबै सम्पत्ति समुद्रमा डुब्नेछ। तिम्रो सम्पत्ति, तिम्रो व्यापार, किन्ने अनि बेच्ने चीजहरू, अनि तिम्रो नाविकहरू, तिम्रो मानिस जो तिम्रो जहाजको पिँध टाल-टुल गर्छन् तिम्रो मल्लाह, तिम्रो शहरको सबै सैनिक अनि तिम्रो नाविक सबै समुद्रमा डुब्नेछन्। यो त्यही दिन हुनेछ जुन दिन तिमी नष्ट हुनेछौ!

आमोस 4:10

“मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरुलगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।

Interlinear

Choose Theme