तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, “उ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरुलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”
Cross references
हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”
बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।
त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।”‘यर्मीयाका सन्देश यहाँ समाप्त हुन्छन्।
परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं।
जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”
निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरु निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरु सबैले ताली बजाउँछन्। उनीहरु सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरु सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरुले उनीहरुलाई सधैं दुःख दिने गर्थ्यौ।
ती दुई साक्षीहरुको शरीर महान् नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्त्रदेश हो। नगरका यी नाउँहरुमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।
त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।
त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरुका नगरहरु नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।
पृथ्वीका राजाहरुले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरु उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”
तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरुमाथि शासन गर्छे।”
त्यो स्वर्गदूत जोडले करायो“उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।
ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
तिनीहरुले त्यो जलेको धुवाँ देखे। तिनीहरुले ठूलो स्वरमा भने, “यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!”
किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। उ नै हो जसले आफ्नो व्यभिचार द्वारा पृथ्वीलाई भ्रष्ट पारी परमेश्वरले वेश्यालाई दण्ड दिनुभयो, आफ्ना सेवकहरुको रगतको बदला लिए।”