यसर्थ यी कष्टहरु उमाथि आउनेछन् मृत्यु, शोक, अनि अनिकाल। किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।
Cross references
म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।
परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!”‘
त्यस समयमा परमप्रभुले लिब्यातानलाई जाँच गर्नु हुनेछ। लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ। उहाँले आफ्नो बलियो अनि शक्तिशाली तरवारद्वारा सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ। परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।
यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्। पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ। अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्। अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।
“बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु। हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ म तिमीलाई दण्ड दिनेछु।
तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। उहाँले तिनीहरूको मामलामा वकालत हुनेछ र पृथ्वीलाई आराम दिनुहुनेछ। तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”
बाबेलदेखि भाग। प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
सेनाहरूका परमप्रभु भन्नुहुन्छ “बाबेलको बाक्लो, बलियो पर्खाल तल झारिनेछ। उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ। बाबेलका मानिसहरू व्यर्थमा कठोर परिश्रम गर्दछन्। जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”
के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।”
ती अग्रजहरुले भने“प्रभु परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ हामी तपाईंलाई धन्यवाद चढाउँछौ। तपाईं नै एक हुनुहुन्छ जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो।
त्यो पशु अनि दश सिङ्गेहरु जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरुले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरुले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्।
तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरुमाथि शासन गर्छे।”
“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।
यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो।’“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरु जो जहाजमा यात्रा गर्छन्, नाविकहरु अनि सम्पूर्ण मानिसहरु जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढ्ढै रहे।
तिनीहरुले आफ्ना शिरमा धूलो हाले। तिनीहरुले विलाप गरे अनि अफसोस गरे। दिनीहरुले ठूलो आवजमा भने‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरु जसका समुद्रमा जहाजहरु थिए, उसको सम्पत्तिद्वारा धनवान भए। तर घण्टा भरमा त्यसको ध्वंस भयो।
स्वर्गका मानिसहरुले यो पनि भने“हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”