Home Bibles यर्मिया 49:6 · नेपाली बाइबल
यर्मिया 49:6 · नेपाली बाइबल

“त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

Cross references

यशैया 19:18

त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर”हुनेछ।मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुसरण गर्ने प्रतिज्ञा गर्नेछन्।

यशैया 23:18

तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।

यर्मिया 46:26

म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”“यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 48:47

“तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।

यर्मिया 49:39

“तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो।

इजकिएल 16:53

परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु।

Interlinear

Choose Theme