Home Bibles ☰ Books यशैया 23:18 · नेपाली बाइबल
यशैया 23:18 · नेपाली बाइबल

तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।

Cross references

प्रस्थान 28:36

“मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप ‘परमप्रभुको निम्ति पवित्र।’

व्यवस्था 12:18

तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।

व्यवस्था 26:12

“प्रत्येक तेस्रो र्बष दशांश भाग लगाउने वर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ।

2 इतिहास 2:7

अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ।

2 इतिहास 2:11

तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”

भजनसंग्रह 45:12

टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन् यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।

भजनसंग्रह 72:10

तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।

हितोपदेश 3:9

तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।

हितोपदेश 13:22

इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।

हितोपदेश 28:8

जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।

उपदेशक 2:26

यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।

यशैया 60:5

यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।

मीका 4:13

“हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”

Interlinear

Choose Theme