तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।
Cross references
“मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप ‘परमप्रभुको निम्ति पवित्र।’
तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।
“प्रत्येक तेस्रो र्बष दशांश भाग लगाउने वर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ।
अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ।
तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”
टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन् यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।
इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।
यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।
यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
“हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”
त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएरआऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन्जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।
‘आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्।
नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंडयो। उसले अरू पाँच तोडा बढाउने काम गर्यो।
यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।
अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए।
तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।
आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।
“म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ।
पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।
हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।
अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।
म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ।