हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको सहायतामा उभ र। हेर पुरूष मानिसहरू भागिरहेका हेर स्त्री मानिसहरू भागिरहे तिनीहरूलाई के भयो सोध।
Cross references
गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए।
त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।
इस्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 वर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौ?
त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले।
तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!”एलीले फेरि सोधे, “के भयो हँ छोरा?”
दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”
दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एक्लै कुद्दै आइरहेको देखे।
तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)
अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे।